बालुवाटारमा सत्ता साझेदार दलको बैठक सुरु

काठमाडाैं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता साझेदार सात दलको बैठक सुरु भएको छ ।

प्रदेश सरकार निर्माणको समय आइसकेपछि सहमति जुटाउन सात दलको बैठक बसेको हो ।

यो बैठकले सातै प्रदेश प्रमुख र मुख्यमन्त्रीको बाँडफाँट सकेसम्म आजै टुंगो लगाउने तयारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको बैठकबाट ७ वटै प्रदेशका प्रमुख, मुख्यमन्त्री, सभामुख, उपसभामुख र मन्त्रीहरु बाँडफाँटमा सहमति जुटाउने भएको छ ।

प्रदेश १ मा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन् ।

बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी छन् ।

त्यसैगरी, बैठकमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत पनि सहभागी छ ।