राष्ट्र निर्मातालाई सम्मान गर्दा कसैले हिनताबोध गर्नुपर्दैन : राजेन्द्र लिङ्देन

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वीनारायण शाहको जन्मदिनमा बिदा दिएर सरकारले सही काम गरेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले मागेको विवश्वासको मतको समर्थन गर्दै लिङ्देनले उक्त कुरा बताएका हुन् ।

उनले पृथ्वीनारायण शाह भएकैले नेपाल रहेको र नेपाल रहेकैले प्रचण्ड प्रधानमन्त्री बन्न सकेको टिप्पणी गरे ।

पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माताको रूपमा ब्याख्या गर्दै लिङ्देनले भने, ‘राष्ट्र निर्मातालाई सम्मान गर्दा कसैले हिनताबोध गर्नुपर्दैन ।’

उनले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस कुनै पनि पार्टीको मात्रै हुन नसक्ने पनि बताए ।