• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

नवराज प्रधानको स्वर रहेको ‘लै बरी लै’ गीतको भिडियो रिलिज (भिडिओसहित)

काठमाडाैं । गायक डा. नवराज प्रधानको स्वर रहेको ‘लै बरी लै’ बोलको गीतको भिडियो रिलिज गरिएको छ ।

सार्वजनिक गीतमा शब्द र संगीत गायक डा. नवराज प्रधानकै रहेको छ । गीतमा एरेन्ज र मिक्स राजन ईशानको रहेको छ भने गितारमा फिरोज बर्जाचार्य रहेका छन् ।

भिडियोमा प्रिन्स विश्वकर्मा, स्रिशा कुँवर, अनिक लामा, सन्तोष भुजेल, अरुण पौडेल, मनिष बस्न्यात, रोविशराज काफ्ले, सुजन ढकाल, क्रिष्टिना थापा, विपिन सापकोटा, खगेन विसी, शर्मा थापा, सिकुम लिम्बू, दिपेन्द्र बजगाईलगायतको अभिनय रहेको छ ।

सन्तोष भुजेलको कोरियोग्राफी रहेको भिडियोको छायांकन संजय लामाको रहेको छ । विजेश पौडेलको सम्पादन रहेको भिडियोको निर्देशन विजेश-राजनको रहेको छ ।

भिडियोको निर्माता डा. नवराज प्रधान र मनिषा प्रधान रहेको छन् भने यस भिडियोलाई लाटोकोशेरो युट्युब च्यानल मार्फत अपलोड गरिएको छ ।

भिडियो हेर्नुहोस् :