काठमाडौं । जुम्लामा आज (सोमबार) जीप दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ। भने १४ जना घाइते भएको प्रहरीले जनाएको छ ।
दिउँसो करिब ४ बजे जुम्लाको पातरासी गाउँपालिका–६ को कोटा भिर भन्ने ठाउँमा ग १ ज ४०३५ नम्बरको दुर्घटना भएको हो ।
दुर्घटनामा परि पातरासी गाउँपालिका–१ खालाढिक बस्ने ४२ वर्षीया छोजुम लामाको ज्यान गएको छ ।
घटनामा अन्य १४ जना घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
चालक फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीको भनाइ छ।