
काठमाडाैं । शाहरुख खान चार वर्षपछि फिल्म ‘पठान’ मार्फत पर्दामा फर्किएका छन् ।
फिल्मले पाँच दिनमा विश्वभर ५४० करोड कमाएपछि शाहरुख खानको अनुहार र प्रतिक्रियामा यसको खुसी प्रस्टै देखिन्थ्यो ।
यो खुसी बाँड्न लामो समयपछि ३० जनवरीको साँझ शाहरुख खानले आमनेसामने प्रश्नहरू सार्वजनिक रूपमा सम्बोधन गरे ।
पत्रकार सम्मेलनमा शाहरुख आफ्नो पुरानो शैलीमा देखा परेका थिए । हाँसो, चुटकिले, प्रश्नहरूको गज्जब जवाफ र बीचमा कतै गम्भीर कुरासहित उनी खुशी मुद्रामा देखिएका थिए ।
शाहरुखले भनेका छन्, ‘हाम्रो जीवनमा जस्तै यसमा पनि केही राम्रा र केही नराम्रा पक्षहरू छन् । मेरो लागि पनि त्यस्तै थियो ।’
उनले अहिले आफू खुशीकाे क्षणमा रहेकाे पनि बताए । शाहरुखले जुन खुशीको कुरा गरे त्यो फिल्म ‘पठान’ को सफलतासँग सम्बन्धित छ ।
चलचित्रले बक्स अफिसमा धुम मच्चाइरहेको छ ।
विश्वव्यापी सङ्कलनलाई जोड्ने हो भने पठानले ५ दिनमा ५४० करोड कमाइसकेकाे छ । याे चलचित्रले २.० को रेकर्ड तोडेकाे छ ।
यो सूचीको शीर्षमा बाहुबली २ को नाम छ, जसले वर्ल्ड वाइड ओपनिङ विकेन्डमा ८४५ करोड कमाएको थियो ।