अमेरिकाबाट नेपालको उच्चस्तरीय भ्रमण तय, सामन्था पावर काठमाडौं आउने

काठमाडौं । अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर नेपाल आउने तय भएको छ ।

उनी नेपाल आउने तय भएकाे एक विज्ञप्तिमार्फत जनाइएको छ । नियोगले बुधबार जारी गरेको विज्ञप्तिअनुसार पावर यसै साता नेपाल आउने भएकी छन् ।

अमेरिकाबाट मन्त्रीतहको भ्रमण २१ वर्षपछि हुन लागेको हो । सन् २००२ मा तत्कालीन बुश प्रशासनका विदेशमन्त्री कोलिन पावेलले नेपाल भ्रमण गरेका थिए । त्यसबेला शेरवहादुर देउवा प्रधानमन्त्री थिए ।

पावर राष्ट्रिय सुरक्षा परिषदकी सदस्य पनि हुन् । यसै सातामात्र राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्डले नेपाल भ्रमण गरेर उच्चस्तरीय राजनीतिक भेटघाट गरेकी थिइन् ।

पावरले भ्रमणका क्रममा सबै पक्षहरूसँग भेटघाट र छलफल गर्ने यूसएआईडीले जनाएको छ । पावर २ वर्षदेखि यूएसएआईडीको प्रमुख छिन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१