बंगलादेशमा एकरातमा १२ वटा हिन्दू मन्दिर तोडफोड

काठमाडाैं । बंगलादेशकाे ठाकुरगाउँ जिल्लाकाे बलियाडंगी उपजिल्लामा सडक किनारामा रहेकाे १२ मन्दिरमा ताेडफाेड भएकाे छ ।

१२ ओटा मन्दिरमा रहेकाे १४ मूर्ति भत्काइएकाे बीबीसी हिन्दीले उल्लेख गरेकाे छ । गएकाे ४ फेब्रुअरी राति केही अज्ञात व्यक्तिले मूर्ति तोडफोड गरेका थिए । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको समाचारमा जनाइएकाे छ ।

छ/सात किलोमिटर लामो सडककाे किनारामा रहेकाे साना मन्दिरमा मूर्तिसहित तोडफोड गरिएको छ । कतिपय मूर्तिको हात भाँचिएको छ भने कतिको टाउको भाँचिएको छ । रातकाे समयमा माेटरसाइकलमा सवार केही अज्ञात व्यक्तिले फलामकाे रडले मूर्तिमा अन्धाधुन्ध हिर्काएकाे हुनसक्ने अनुमान प्रहरीकाे छ ।

उक्त क्षेत्रमा सनातन धर्मावलम्बीहरुकाे बसाेबास छ । मूर्ति ताेडफाेडपछि याे क्षेत्रमा अशान्ति मच्चिएकाे भने छैन ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१