जोमसोमदेखि पोखराका लागि छुटेको बस कालीगण्डकीमा खस्याे

कास्की । मुस्ताङकाे जोमसोमदेखि पोखराका लागि छुटेको बस थासाङ गाउँपालिका-३ मा कालीगण्डकीमा खस्दा २ भारतीयसहित १७ जना घाइते भएका छन् ।

मुस्ताङको थासाङ गाउँपालिका धम्पु भन्ने ठाउँमा सडकबाट जीप कालीगण्डकीमा खसेको हो ।

ना७ख ७४४० नम्बरको बस बदीमा खस्दा बसमा सवार सबै जना घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा पर्नेहरु घुम्न गएका पर्यटक र स्थानीयहरू रहेकाे बताइएकाे छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१