
काठमाडौं । युट्यूबमा अन्तर्वार्ता दिएर ‘भाइरल’ भएका डिल्लीराम खनाल पक्राउ परेका छन् ।
युट्युबमा दिइएकाे अन्तर्वार्तामा आफ्नो चरित्रहत्या भएको भन्दै अभिनेत्री करिश्मा मानन्धरले उनीविरुद्ध उजुरी दिएकी थिइन् ।
केन्द्रीय साइबर ब्युरोले खनाललाई पक्राउ गरेको ब्युराे स्राेतले जानकारी दिएकाे छ ।