• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

पाेखरामा बस दुर्घटना, केही यात्रु घाइते

कास्की । कास्कीको पोखरामा बस दुर्घटना भएको छ ।

ग १ ख ४७६७ नम्बरको बस जिल्ला प्रहरी कार्यालय नजिकैको सडकमा दुर्घटना भएको हो ।

ताल्चोकबाट पोखरा गएको बस आइतबार दिउँसो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।

दुर्घटना हुँदा ४० जनाभन्दा बढी घाइते भएको जनाइएको छ ।

घाइतेको उपचारको लागि अस्पताल लगिएको छ। थप विवरण खुल्न बाँकी छ।