• २०८३ जेठ २२
  • 2026 June 05, Friday

विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ

काठमाडौं । विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय साइबर ब्युरो (सिआइबी) ले उनलाई विदेशबाट फर्कँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार पक्राउ गरेको हो।

सिआइबीका अनुसार साइबर अपराध सम्बन्धी उजुरीपछि रेग्मीलाई पक्राउ गरिएको बताए। गायक प्रमोद खरेललगायतले रेग्मीविरुद्ध उजुरी गरेको बुझिएको छ।

सामाजिक सञ्जालमा गालीगलोज गरेको विषयलाई लिएर उनिविरुद्ध उजुरी परेको थियो। रेग्मीलाई अनुसन्धानका लागि अदालतबाट म्याद लिने तयारी भइरहेको बुझिएको छ।