‘अवतार २’ बन्यो विश्वमा धेरै कमाउने तेस्रो फिल्म

काठमाडौं । जेम्स क्यामरुन निर्देशित हलिउड चलचित्र ‘अवतार: द वे अफ वाटर’ विश्वमा धेरै कमाउने तेस्राे चलचित्र बनेकाे छ ।

यसअघि क्यामरुनकै ‘टाइटानिक’ तेस्रो धेरै कमाउने फिल्म थियाे ।

पुस १ गते विश्वभर रिलिज भएको ‘अवतार २’को कुल कमाइ अहिलेसम्म २.२४३३ बिलियन डलर छ । ‘टाइटानिक’को कुल कमाइ २.२४२८ बिलियन डलर छ ।

‘अवतार २’ शीर्ष स्थानमा रहेको ‘अवतार’ (२.९२ बिलियन डलर) र दोस्रो स्थानमा रहेको ‘एभेन्जर्स : इन्डगेम’ (२.७ बिलियन डलर) भन्दा पछि परेकाे छ ।

दुई बिलियन डलर वा सोभन्दा बढी कमाइ गर्ने तीन फिल्मका एक मात्र फिल्म निर्देशक हुन् क्यामरुन ।

‘अवतार २’ उत्तर अमेरिकामा ६५७ मिलियन डलरका साथ अहिलेसम्मको नवौं सबैभन्दा धेरै कमाउने फिल्म पनि बनेकाे छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१