• २०८३ असार १०
  • 2026 June 24, Wednesday

एमाले अध्यक्ष ओली र एस नेता श्रेष्ठबीच राष्ट्रपति चुनावबारे छलफल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष र नेकपा एकीकृत समाजवादीका नेता एक नेताबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठबीच ओली निवास बालकोटमा भेटवार्ता भएको बालकोट स्रोतले जनाएको छ ।

मंगलबार दिउँसो ओलीलाई भेट्न श्रेष्ठ बालकोट पुगेका थिए । उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको ओलीको सचिवालयले जनाएको छ ।

उनीहरुबीच राष्ट्रपति चुनावकै विषयमा कुराकानी भएको थियो । सोमबार नेकपा एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेको स्रोतको दाबी छ ।