
काठमाडौं । वैदेशिक रोजगार विभागमा मंगलबार दिउँसो म्यानपावर व्यवसायीबाट ठगिएका पीडित र अभियान्तासहित समाचार रिपाेर्टिङ गर्न पुगेका पत्रकार कुटिएका छन् ।
सामाजिक अभियान्ता तारा बरालसहित पुगेकाे टाेली, पीडित र केही पत्रकारमाथि म्यानपावर व्यवसायीले कुटपिट गरेका हुन् ।
मंगलबार दिउँसो तारा बरालले सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत् वैदेशिक रोजगार विभागमा पीडितलाई कुटपिट गरेको खबर आएकाे र आफूहरु त्यहाँ जान लागेकाे स्टाटस राखेकी थिइन् । उनले आफू वैदेशिक राेजगार विभागकाे पुगेकाे भिडिओ पनि लाइभ गरेकी थिइन् ।
उनी विभागका पुगेको केही मिनेटमै उनकाे मोबाइल खोसिएकाे छ भने, केही पत्रकारलाई भिडिओ नखिच्न र खिचेकाे भिडिओ डिलिट गर्न भनिएकाे छ । म्यानपावर व्यवसायीकाे तर्फबाट त्यहाँ गएकाे हुलले पत्रकारमाथि पनि हेलमेटले कुटपिट गरेकाे छ ।

कुटपिटमा संलग्न भएकामध्ये एक व्यक्ति । यद्यपी उनीहरुकाे परिचय भने खुलेकाे छैन ।
कुटपिटपश्चात प्रहरीकाे टाेलीले व्यवसायीको समूहलाई गेट बाहिर लगेकाे थियाे । उनीहरुले भिडिओ खिच्ने पत्रकारहरुलाई लखेटी लखेटी पनि कुटपिट गरेका छन् ।
हेर्नुहाेस् भिडिओ :