
काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रचण्ड मुलुकको पक्षमा उभिन नसक्ने प्रधानमन्त्री भएको टिप्पणी गरेका छन् ।
२४ औं यदु स्मृति दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा पोखरेले देशको स्वाधिनता, साम्राज्यवाद, सामन्तवाद आन्दोलनको नेतृत्व गरेको व्यक्ति मुलुकको बारेमा फैसला गर्न उभिन सक्ने अवस्थामा नरहेको बताए ।
उनले पार्टीभित्रको अन्तरसंघर्षमा सही विचारलाई निषेध गरेकै कारण प्रचण्डले अहिले बिडम्वनापूर्ण राजनीतिको यात्रा गर्नुपरेको जिकीर गरे । चलाखीका साथ देशको नेतृत्व प्राप्त गरे पनि देशलाई सही बाटोमा हिडाउँने सामर्थ्य प्रचण्डमा नरहेको उनकाे भनाइ छ ।
प्रचण्डले पाँच दलीय गठबन्धन असफल भइसकेपछि त्यसबाट मुलुकलाई जोगाउनका लागि माओवादीसँग सहकार्य गरेको तर अहिले राष्ट्रपतिका बिषयमा सहकार्य ताडेर हिँडेको धारणा राखे ।
देशमा आर्थिक संकट बढेको बेलामा नयाँ सरकार बनेपछि मुलुकको आर्थिक अवस्था सुधार भए पनि अहिले पुन: समस्या देखिएको उनले बताए ।