• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

रक्सी खाएर विवाद गरेको आरोप लागेका प्रहरी जवान निलम्बित

सप्तरी । रक्सी खाएर सडकमा स्थानीयसँग विवाद गरेको आरोप लागेका सप्तरीका प्रहरी जवान संजिवकुमार राय निलम्बनमा परेका छन्।

राजविराजमा गत शुक्रबार दिउँसो रक्सी खाएर स्थानीयसँग विवाद गरिएको निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेशकुमार सिंहले जानकारी दिए।

बर्दीमा रहेका उनले अर्धनग्न भएर विवाद गरेको भिडिओ समेत सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। एउटा लाठी लिएर विवाद गरेको भिडिओमा देखिन्छ।

त्यसैबीच जवानसँग हातपात गरेको आरोपमा प्रहरीले केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको डिएसपी सिंहले बताए।