उपत्यकासहित पहाडी भेगमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडाैं । उपत्यकासहित देशका पहाडी भेगमा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार आज दिउँसो देशका पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना देखिएको हो ।

महाशाखाका अनुसार आज राति पनि देशका पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना देखिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा वर्षा हुने सम्भावना छ ।