बालिका बलात्कार प्रयासको आरोपमा २ जना अटो चालक पक्राउ

अछाम । अछाममा बालिका बलात्कारको प्रयास गरेको आरोपमा दुई जना अटो चालक पक्राउ परेका छन् ।

जिल्लाको साँफेबगर नगरपालिकामा अटो चलाउँदै आएका २ जनालाई बालिकामाथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

२८ फागुनमा बयालपाटा अस्पतालमा उपचार गर्न आएकी पञ्चदेवल बिनायक नगरपालिकाकी १४ र १७ वर्षीया दुई दिदीबहिनीलाई जबरजस्ती करणीको प्रयास गरेको आरोप उनीहरूमाथि छ ।

पक्राउ परेका अटो चालकहरूलाई पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएकाे छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१