अमेरिकालाई उत्तर काेरियाकाे धम्की, किम जाेङले सेनालाई भने- परमाणु युद्दकाे तयारी गर्नू

काठमाडाैैं । उत्तर कोरियाका शासक किम जोङ उनले परमाणु युद्धको तयारी गर्न सेनालाई निर्देशन दिएका छन् ।

उनले अमेरिका र दक्षिण कोरियाविरुद्ध युद्ध गर्नुपर्ने भन्दै तयारी गर्न सेनालाई निर्देशन दिएका छन् । यसअघि समेत उनले पटक–पटक परमाणु युद्धको धम्की दिँदै आएका छन् ।

अमेरिका र दक्षिण कोरियाले परमाणु सम्पत्ति र संयुक्त सैन्य अभ्यासलाई विस्तार गरिरहेको आरोप लगाएर उनले आफू चुप नबस्ने बताए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यतिबेला उन दक्षिण कोरियाविरुद्ध आक्रामक बनेका छन् ।

छिमेकी देश दक्षिण कोरिया र उत्तर कोरियाको शत्रूतापूर्ण सम्बन्ध रहँदै आएको छ । अमेरिकाले दक्षिण कोरियाको पक्ष लिने गरेका कारण उत्तर कोरिया अमेरिकाविरुद्ध पनि आक्रोशित देखिएको छ ।

उत्तर कोरियाले उनको नेतृत्वमा लगातार परमाणु हतियार परीक्षण गरिरहेको जनाइएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१