• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

मुख्यमन्त्री राईले भने- म रचना रिमाललाई वान साइड लभ गर्छु

झापा । प्रदेश १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले गायिका रचना रिमाललाई वान साइड लभ गरेको बताएर आफू नेपाली गीतसंगीतलाई माया गर्ने व्यक्ति रहेको जानकारी दिएका छन् ।

झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा इन्ट्रा नेशनल वेल्फेर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले ज्येष्ठ नागरिकका लागि निर्माण गरेको डे केयर भवनको उद्घाटन तथा सांस्कृतिक कार्यक्रममा शनिबार मुख्यमन्त्री राईले गायिका रचनाको गायिकी क्षमता र वाक् शैलीप्रति आफू वान साइड लभमा परेको बताएका हुन् ।

‘झापाकी गायिका रचना रिमालप्रति म वान साइड लभमा छु’, उनले भने, ‘उनको गायिकी क्षमताको प्रेममा परेको हुँ ।’

रचनाको जबाफ दिने शैलीको तारिफ गर्दै मुख्यमन्त्री राईले भने, ‘अन्तर्वार्ता लिँदा तपाईं कसलाई मन पराउनु हुन्छ भनेर सोध्दा रचनाले म तपाईंलाई मन पराउँछु भनेर जबाफ दिन्छिन् ।’

नेपाली गीतसंगीतप्रति चासो र चिन्ता रहेको बताउँदै उनले विभिन्न कलाकारकाे क्षमताबारे बताए ।

गायक प्रेमराजा महतले ‘पानको पात’ बोलको गीत गाउँदा नायिका रिमालसहित गायक प्रमोद खरेल, नायिकाद्वय केकी अधिकारी र वर्षा राउत, शंकर विसीलगायत कलाकारसँग मुख्यमन्त्री राई नाचेका थिए ।