• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

नेपालकाे सीमानजिक ठूलीगाडमा बसले किचेर ५ जनाको मृत्यु

कञ्चनपुर । सीमावर्ती भारतीय बजार टनकपुरनजिक ठूलीगाडमा बिहीबार बसले किचेर ५ जनाको मृत्यु भएको छ ।

यस्तै, ८ जना घाइते भएका छन् । दुर्घटनाको पूर्ण विवरण आएको छैन ।

प्राप्त जानकारीअनुसार बसले सडकमा भएका यात्रुहरुलाई किचेको थियो । घाइतेहरुलाई उपचारका लागि टनकपुर अस्पताल लगिएकाे छ ।

मृतक र घाइतेहरुको परिचय पनि खुलेकाे छैन ।