काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनल खेल आज हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उपाधिका लागि नेपाल र लाओस भिड्ने छन् ।
एउटा फिफा मितिमा दुई वटा मात्र अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न पाउने नियम अनुसार आजको खेल औपचारिक नहुने भएको हो । आजको खेल र खेलाडीले कुनै अन्तर्राष्ट्रिय मान्यता भने पाउने छैन ।
भुटानसहित तीन देश सम्मिलित प्रतियोगितामा नेपाल पहिलो र लाओस दोस्रो हुँदै फाइनल पुगेका हुन् । खेल बेलुका साढे ५ बजे सुरु हुनेछ ।