भीम रावलसँग वार्ता गर्न विष्णु पौडेल नेतृत्वको वार्ता समिति गठन

काठमाडौं । नेकपा एमालेले पार्टीका पूर्वउपाध्यक्ष डा. भीम रावलसँग संवाद गर्न तीन सदस्यीय टोली गठन गरेको छ ।

शनिबार काठमाडौंमा बसेको एमालेको सचिवालय बैठकले पार्टी उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा प्रदेश इञ्चार्ज लेखराज भट्ट र कर्ण थापा सदस्य रहेको समिति गठन गरेको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

गुरुङले भने, ‘पार्टीका पूर्व उपाध्यक्ष भीम रावलले पार्टीको विधि विधान नमानी पार्टीमै रहेकोले उहाँसँग संवाद गर्न समिति बनाइएको हो ।’