काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा आज आईतबार दुई खेल हुँदैछ । आजको पहिलो खेलमा सनराईजर्स हैदराबाद र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ भने दोस्रो खेलमा रोयल च्यालेन्जर बैंगलोर र मुम्बई इन्डियन्स खेल्नेछन् ।
पहिलो खेल नेपाली समय अनुसार दिउँसो पौने ४ मा हैदराबादको घरेलु मैदान राजिब गान्धी क्रिकेट स्टेडियम हैदराबादमा सुरु हुनेछ। दोस्रो खेल नेपाली समय अनुसार पौने ८ बजे बैंगलोरमा हुने छ ।
हैदराबादको कप्तानीको नयाँ जिम्मेवारी एडम माक्ररम पाएका छन् । यता राजस्थान नियमित कप्तान सन्जु सामसनका कप्तानीमा मैदान उत्रनेछ । बैंगलोरको कप्तानी फाप् डुप्लेसी र मुम्बईको रोहित शर्माले गर्ने छन् ।