काठमाडौं । गायिका प्रविशा अधिकारी र गायक विशाल निरौलाको आवाजमा ‘तिमी नै हौ’ गीत सार्वजनिक भएको छ ।
गीतमा मित्र के.सी.को शब्द र संगीत रहेको छ ।
अलंकार डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई विशाल निरौलाले संगीत संयोजन र रञ्जन राईले मिक्सिङ/मास्टरिङ गरेका हुन् ।
राहुल बराईलीको निर्देशन, उपेन्द्र भण्डारीको कोरीयोग्राफी रहेको उक्त गीतकाे भिडिओमा आशा पौडेल र अभि सुनारको अभिनय रहेको छ ।
हरि लामा घलेले छायांकन गरेको भिडियोलाई मिन रावलले सम्पादन र कलर गरेका हुन् । 𝑨𝑽𝑰𝑹𝑨 𝑪𝑹𝑬𝑨𝑻𝑰𝑶𝑵 को प्रस्तुती रहेको उक्त म्यूजिक भिडियो Avira Creation अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ ।
हेर्नुहोस् भिडिओ :