सुर्खेत । रुकुम पूर्वमा सिस्नु टिप्न गएका दिदीबहिनी मृत फेला परेका छन् ।
पुथाउत्तरगंगा गाउँपालिका-३ रन्माका १० वर्षीया रीना बुढामगर र ८ वर्षीया कालिमाया बुढामगर मृत फेला परेको हुन् ।
बुधबार साँझ घरबाट सिस्न टिप्न गएका उनीहरु मृत फेला परेका हुन् । उनीहरु एकै घरका दिदीबहिनी रहेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
घरबाट सिस्नु टिप्ने भन्दै गएको र साँझ घरमा नआएपछि आफन्तले खोजी गर्दा बिहीबार बिहान ६ बजे मृत फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।