
काठमाडौं । प्रतीक्षित दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ को टिजर सार्वजनिक भएको छ ।
तीन मिनेट लामो यो इन्ट्रो टिजरमा अल्लु अर्जुनलाई पुष्पाको भूमिकामा प्रस्तुत गरिएको छ । उनलाई जंगलमा एक बाघसँग जम्काभेट भएको रुपमा देखाइएको छ ।
फिल्म ‘पुष्पा २’ यसको शीर्ष चरित्र पुष्पा पात्र र खलपात्र भानवर सिंहबीचको लडाइँमा आधारित छ ।
फिल्मको पहिलो भाग नेपाल र भारतसहित विश्वभर सुपरहिट भएको थियो ।
सुकुमारको लेखन तथा निर्देशन रहेको यो फिल्मलाई सन् २०२३ कै बहुप्रतीक्षित फिल्मको सूचीमा राखिएको छ ।