निरा पाण्डेको हत्यामा संलग्न भएको आरोपमा झापामा एक जना पक्राउ, काठमाडौं ल्याइँदै

काठमाडौं । काठमाडौंको सरस्वतीनगरमा भएको निरा पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा झापामा पक्राउ परेका व्यक्तिलाई काठमाडौं ल्याइने भएको छ ।

पाण्डेको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका झापाका विनोद विश्वकर्मालाई आज काठमाडौं ल्याउने तयारी भएको प्रहरीले जनाएको छ ।

विक राजधानीको एक क्लबमा बाउन्सरका रुपमा काम गर्दै आएका थिए । लुटपाटको लागि पाण्डेको हत्या गरिएका हुनसक्ने आशंका प्रहरीले जनाएको छ ।

हत्या भएकी महिलाको सिक्रि लगेको स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१