
काठमाडौं । विवाह गर्न नमानेको भन्दै प्रेमीको घरमा गएर प्रेमिकाले आत्महत्या गरेकी छिन् । नर्स समेत रहेकी प्रेमिका अनुमा श्रेष्ठले आत्महत्या गरेकी हुन् ।
प्रेमी सुजन ढकालले आफूसँग विवाह गर्न नमानको भन्दै प्रेमिका श्रेष्ठले शनिबार काठमाडौं बोहराटारस्थित सुजनको घरमा गएर आत्महत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरी वृत्त बालाजुले अनुसन्धान अघि बढाएको छ । मृतक अनुमा स्टाफ नर्स हुन् भने प्रेमी भनिएका ढकाल डाक्टर रहेका पाइएको छ । अनुमा वीर अस्पतालमा काम गर्थिन् भने सुजन कान्ति बाल अस्पतालमा कार्यरत रहेकाे बताइएकाे छ ।
लामो समय प्रेम सम्बन्धमा रहे पनि विवाह गर्न नमानेको भन्दै उनले आत्महत्या गरेको भन्ने खुलेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले जानकारी दिएका छन् ।
प्रहरीले सुसाइड नोट समेत फेला पारेको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।