• २०८३ जेठ २५
  • 2026 June 08, Monday

सगरमाथा तथा ल्होत्से हिमाल सफाइमा संलग्न टोलीले गरे सगरमाथा आरोहण

काठमाडौ‌ । सफा हिमाल अभियान २०२३ अन्तर्गत सगरमाथा तथा ल्होत्से हिमाल सफाइमा संलग्न टोलीका पाँच जना सैनिकसहित १० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् ।

नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको अभियानअन्तर्गत टिम लिडर प्रमुख सेनानी किशोर अधिकारी, सह सेनानी बिष्णुबल राई, सह सेनानी दिपेन्द्रसिंह खत्री, अमल्दार शंकर कुवंर र प्युठ किशोर जबेगु सोमबार (आज) १० बजेर ५ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेका हुन् ।

उनीहरुसँगै अभियानका सहभागी सरदार ओङ्छु शेर्पा लगायत पाँच जना शेर्पाहरूले पनि सगरमाथा आरोहण गरेका छन् ।

यसअघि गत वैशाख ४ गते सफा हिमाल अभियानकै सिलसिलामा अन्नपूर्ण सफाइ टोलीका सदस्यहरूले अन्नपूर्ण हिमालको सफल आरोहण गरिसकेका छन् ।