काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले खोजिरहेको विकल्प राप्रपा भएको बताएका छन्।
उनले नेपाली कांग्रेस र कम्युनिष्टको वैचारिक मार्गचित्रको विकल्प राप्रपाले अवलम्बन गरेको निरन्तरता सहितको परिवर्तन नै भएको उल्लेख गरेका हुन्।
राप्रपाको सोमबारदेखि सुरू भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष लिङ्देनले पेश गरेको राजनीतिक प्रतिवेदनमा ुजनताले खोजेको विकल्प राप्रपाु रहेको उल्लेख छ।
‘वैचारिक र व्यवहारिक दुवै दृष्टिले राप्रपाबाहेक कांग्रेस र कम्युनिष्टहरूको विकल्प अरू कुनै पार्टी बन्न सक्ने सम्भावना छैन। त्यसैले आगामी दिनमा राप्रपालाई निर्णायक र अग्रणी शक्तिका रूपमा स्थापित गर्नु राष्ट्रिय आवश्यकता हो,’ लिङ्देनले भनेका छन्।
उनले इमादारीका साथ काम गर्यो भने अघि बढ्न कसैले रोक्न नसक्ने पनि बताएका छन्।