काठमाडौं । काठमाडौंको तारकेश्वरमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा १० जना घाइते भएको छन् । मोटरसाइकल चालकको मृत्यु भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टका अनुसार तारकेश्वर नगरपालिका-६ जरंखुमा भएको दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको हो । बुधबार दिउँसो बा ३ ख ६३६७ नम्बरको बसले बा ४९ प ६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक जोगेन्द्रप्रसाद गुप्ताको ग्रिन सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दियका हुन् ।
मोटरसाइकललाई ठक्कर दिएको बस रेलिङ भत्काएर शेषमती खोलामा खसेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरीका अनुसार बस काठमाडौंतर्फ आउँदै थियो । तीव्र गतिका कारण दुर्घटना हुँदा १० जना घाइते समेत भएको उनले बताए ।