• २०८३ जेठ २५
  • 2026 June 08, Monday

तपाईलाई उद्यमी बन्न कसैले रोक्न सक्दैन, महानगर तपाईको साथमा छ : बालेन शाह (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आफ्नो घोषणापत्र अनुसार आइडिया बैंक कार्यक्रम सुरु गरेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत काठमाडौं महानगरको आ.व २०७९।८० को नीति तथा कार्यक्रमा समावेश भएको आइडिया बैंक कार्यक्रमको बारेमा जानकारी दिएका छन् ।

उनले यसको उद्देश्यको बारेमा प्रष्ट पारेका छन् । उनले भने ‘मेरो चुनावी घोषणापत्र तथा काठमाण्डौ महानगरको बर्ष २०७९।८० को नीति तथा कार्यक्रम मा समावेस भएको आइडिया बैंक कार्यक्रमको प्रमुख उद्देश्य दक्षअदक्ष जनशक्ती, विद्यार्थी, लगानीकर्ता तथा उद्यमशिलता विशेषज्ञहरूको ब्रिजको रूपमा महानगरबासी सोचलाई योजना र योजना लाइ व्यवसाय बनाउने हो । तपाईसँग आइडिया छ, तपाई महानगर भित्र कुनै स्टार्टअप सुरू गर्नुभएको छ र ३ वर्ष कटेको छैन, साथै तपाई विद्यार्थी हुनुहुन्छ तपाईसंग महानगरको समस्या समाधानका व्यवसायमुखी आइडिया छन त्यसलाई व्यवसायमा परिणत गर्न चाहनुहुन्छ ।’

यदि उद्यम गर्न चाहने र उद्यम गर्ने सोच भएकाको लागि महानगरले सहयोग गर्ने उनले उल्लेख गरेका छन् । कसरी त्यसको व्यवसायीक योजना बनाउने, रोजगारमुखी योजना बनाउने, कसरी लगानी जुटाउने त्यसमा महानगरको कार्यक्रमले सघाउने बताएका छन् ।

उनले भने् ‘विभिन्न बिषयगत क्षेत्रहरूलाइ समेटी ५ वटा क्याटगोरीमा आवेदन माग गरिएको छ, तपाईलाई उद्यमी बन्न कसैले रोक्न सक्दैन महानगर तपाईको साथमा छ । ’ त्यस्तो गर्न चाहनेले आवदेन दिन सक्ने उनले बताएका छन् । जसको अन्तिम मिती जेष्ठ १९ गतेसम्म रहेको छ ।