
काठमाडाैं । ‘म यस्तो गीत गाउछु २’ को प्रिमियरमा अभिनेत्री तथा फिल्मकी निर्माता पूजा शर्मा धुरुधुरु रोएकी छन् ।
बुधबार साँझ आयोजित प्रिमियरमा अभिनेता पल शाह उपस्थित नभएपछि उनी राेएकी हुन् ।
कीर्तिपुरको पाँगामा नवनिर्मित सिनेमा हल ‘कीर्तिपुर कप्लेक्स’ मा साँझ साढे ५ बजे प्रिमियर राखिएकाे थियाे । पल शाहका कारण प्रिमियर करिब २ घण्टा ढिलाे सुरु भएकाे थियाे ।
बुधबार नै एक गायिकाले पल शाहमाथि बलात्कार आराेपमा तनहुँमा जाहेरी दिएकी थिइन् । साेही कारण शाह फिल्मकाे प्रिमियरका उपस्थित भएनन् ।
प्रमियरपछि पत्रकारहरुसँग कुरा गर्दै पूजाले ‘जाेडी सँगै मनकामना जान हुँदैन भन्थे । हामी रियल नभएर रिल जाेडी थियाैँ । त्यही पनि सत्य सावित भयाे ।’ उनले चलचित्र उत्कृष्ट बनेकाे पनि बताइन् ।
तीन वर्ष अगाडि नै निर्माण सम्पन्न भएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजाको मुख्य भुमिका रहेको छ । फिल्म महाशिवरात्रिको अवसरमा शुक्रबारबाट प्रदर्शनमा आउन लागेको हो ।