बालुवाटारमा तीन दलबीच सहमति, संसदकाे अवरोध हटाउन एमाले तयार

काठमाडौं । पशुपतिमा सुनको जलहरी प्रकरणमा प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना सांसदको भनाइ सच्याउन सहमत भएपछि नेकपा (एमाले) प्रतिनिधि सभाको अवरोध हटाउन सहमत भएकाे छ ।

उक्त विषयमा छलफल गर्न तीन दलका शीर्ष नेताहरुको बैठक बसेकाे थियाे । यस विषयमा प्रधानमन्त्री पुष्कपकमल दाहाल प्रचण्डले संसदमा सम्बाेधन गर्ने सहमति पनि भएको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले जलहरी लगाउने विषय पशुपति क्षेत्र विकास कोषसँग सम्बन्धित रहेकाले तत्कालीन प्रधानमन्त्री केपी ओली यसमा नजोडिने स्पष्ट पारेका थिए ।

प्रधानमन्त्री प्रचण्डले आज संसदमा सम्वोधन गर्ने र संसद सुचारु हुने सहमति भएको हाे ।

आगामी दिनमा पनि यस्ता तथ्यहिन आरोपहरु संसदमा नलगाउन प्रधानमन्त्रीले सांसदहरुलाई अनुरोध गर्ने सहमति भएको एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।