फेरि विश्वकै धनी व्यक्ति बने एलन मस्क

काठमाडाैं । अमेरिकी प्रविधि व्यवसायी एलन मस्क पुन: विश्वकै धनी व्यक्ति बनेका छन्।

फ्रान्सका अर्नाल्ट ग्रुपका बर्नाड अर्नाल्टको एभीएमएचको शेयरमा २ दशमलव ६ प्रतिशतले गिरावट आएपछि टेस्ला इन्कका मुख्य कार्यकारी मस्क पहिलो धनी व्यक्तिको सूचीमा उक्लिएका हुन्। यसअघि मस्क विश्वका दोस्रो धनी व्यक्ति थिए।

सन् २०२१ सेप्टेम्बर २१ मा अमेजनका मालिक जेफ बेजोसलाई पछि पार्दै मस्क पहिलोपटक विश्वको धनी व्यक्ति बनेका थिए। टेस्ला, स्पेसएक्स र ट्विटरलगायतका सञ्चालक मस्कको उक्त पहिलो धनी व्यक्तिको ताज २०२२ डिसेम्बरमा अर्नाल्टले मस्कलाई उछिनेका थिए।

तर ५ महिनामै उक्त विरासत मस्कले पुन: फर्काएका हुन्।

२ महिनामा १ अर्ब ९८ करोड अमेरिकी डलर वृद्धि भई मस्कको कुल सम्पत्ति १ खर्ब ९२ अर्ब अमेरिकी डलर पुगेको छ।

अर्नाल्टको सम्पत्ति ५ अर्ब २५ करोड डलर घटेर १ अर्ब ८७ अर्बमा सीमित भएको छ।

विश्वको धनी व्यक्तिको सूचीमा तेस्रोमा जेफ बेजोस, चौथोमा बिल गेट्स, पाँचौँमा लेरी एलिसन र छैटौँमा स्टेभ बलमेर छन्। यसैगरी सातौँमा वारेन बफेट, आठौँमा लेरी पेज र ९औँ नम्बरमा सर्जे ब्रिन रहेकोमा १०औँ धनी व्यक्ति मार्क जुकरवर्ग बनेका छन्।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१