
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपालमा कार्गो रेलसेवा सुरु भएको छ ।
उक्त कार्गो रेल अहिले भारतको बथनाहादेखि विराटनगरका लागि छुटिसकेको छ। उक्त रेललाई दिल्लीबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रचण्डले हरियो झन्डा देखाएर बिदा गरेका हुन्।
भारतबाट विराटनगरको कस्टम यार्डसम्म चल्ने कार्गो रेल सेवाको बिहीबार दुई देशका प्रधानमन्त्रीले दिल्लीबाट बटन थिचेर उद्घाटन गरेका हुन् ।
कार्गो रेल आउने भएपछि रमिता हेर्न स्थानीयबासी जम्मा भएका छन्। यो रेललाई विराटनगरस्थित व्यापारीहरुले विशेष कार्यक्रमसहित स्वागत गर्ने तयारी छ।
विराटनगरका लागि छुटेको कार्गो रेललाई फूल मालाले सजाइएको छ।