मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगमा साढे २१ हजार मिटरब्याज पीडितको निवेदन

काठमाडौं । मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगमा साढे २१ हजार मिटरब्याज पीडितले निवेदन दिएका छन्।

आयोगले वैशाख १७ गतेदेखि जेठ १४ गतेसम्म पीडितलाई निवेदन दिन आह्रान गरेको थियो।

सात प्रदेशबाट २१ हजार ५ सय ४८ मिटरब्याज पीडितले निवेदन दिएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए।

९ जिल्लामा मात्र १९ हजार ७ सय ४५ पीडितले निवेदन दिएका छन्।

यीबाहेक ६८ जिल्लामा १ हजार ८ सय ३ निवेदन दिएको आयोगका अध्यक्ष कार्कीले जानाकारी दिए।

उनका अनुसार कोशी प्रदेशमा ३७७, मधेश प्रदेशमा १७ हजार ८५६, बागमती प्रदेशमा ६९, गण्डकी प्रदेशमा शून्य, लुम्बिनी ३ हजार १२, कर्णालीमा ४५, सुदुरपश्चिममा १५७ निवेदन दर्ता भएका छन्।