• २०८३ असार १३
  • 2026 June 27, Saturday

ओलीले संसदमा ‘उहाँहरूले अग्नि सापकोटा चिनेको छ र ’ भनेपछि रास्वपा सांसदले टेबल ठोके

काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नागरिकता सम्बन्धी विधेयक फेरि संसद्मा ल्याएर छलफल प्रक्रियाबाट अघि बढाउनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकतासम्बन्धी विधेयकमाथि आफ्नो धारणा राख्दै ओलीले अघिल्लो संसद्ले पारित गरेको विधेयक मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रमाणीकरण गर्न नसक्ने बताए ।

उनले पहिले र अहिलेको संसद्को स्वरूप नै फरक भएको बताए । उनले अघिल्लो संसद्मा आफ्नो दलको संसद् सङ्ख्या धेरै रहेको उल्लेख गर्दै अहिले कम भएको, कांग्रेसको बढेको र नयाँ दल पनि संसद्मा आएको बताए । उनले नयाँ आएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि कुनै कानुन बन्नुभन्दा अगाडि त्यसमाथि छलफल गर्न पाउनुपर्ने बताए ।

ओलीले यसो भनेपछि रास्वपाका सांसदहरूले समर्थनमा टेबल ठोकेका थिए ।