• २०८३ असार १३
  • 2026 June 27, Saturday

विकासको मानक केपी ओलीबाहेक अरू प्रधानमन्त्री कोही होइनन् : गोकुल बाँस्कोटा

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले विकासको मानक केपी ओलीबाहेक अरु कुनै प्रधानमन्त्री हुन नसकेको दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो दाबी गरे ।

‘एउटा कुरा हेक्का होस् विकास कस्तो हुन्छ रु स्वाधीनता कस्तो हुन्छ रु राष्ट्रिय पुननिर्माणको अभियान कस्तो हुन्छ रु भन्ने कुराको मानक केपी ओलीबाहेक अरु कुनै प्रधानमन्त्री भएनन् । होइनन्’, उनले भने, ‘त्यही सरकारले अगाडि सारेका कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, विदेश सम्बन्धका सम्पूर्ण कुरालाई बजेटमा समेटेर आउनुस् र त्यसलाई समृद्ध बनाउनुस् न हामी दुई हातले ताली ढोक्छौं, नाचौंला पनि हामी कुनै चेत नभएको विपक्षीजस्तो होइन ।’

बजेट निर्माणको बेलामा अहिले मुसो नपसेपनि कागज गडबढ गर्नका लागि पहिलाकै मान्छेले अहिले पनि राखेको आरोप लगाए ।