एमालेले उमेर हद हटाएकोमा वामदेव खुसी, ओलीले बोलाए फर्किन तयार

काठमाडाैं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले नेकपा एमालेले उमेर हद हटाएकोमा खुसी व्यक्त गरेका छन् ।

बुधवार राष्ट्रियसभाको बैठकमा भाग लिएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एमालेले उमेर हद हटाएकोमा खुसी व्यक्त गरेका हुन् ।

अध्यक्ष केपी शर्मा ‌ओलीले बोलाए आफू नि:सर्त र खुसीसाथ एमालेमा फर्किने उनले बताए । ‘उमेर हद शारीरिक अवस्था हो । उमेरका आधारमा विभेद गर्न पाइँदैन । यो अपराध हो । यो हट्नै पर्ने हो । यसपटक हटाएको होइन, निलम्बन गरेको हो,’ उनले भने, ‘यदि उहाँहरूले मलाई खबर गर्नुभो । तपाई आउनुपर्‍यो भन्नुभयो भने म र मसँग भएका साथीहरू लिएर जान्छु । यही अवस्थामा जान्छौँ ।’

अहिले पनि आफू एमालेकै सदस्य रहेको उनले दाबी पनि उनकाे छ । ‘उहाँहरूले मलाई नै रोक्न उमेर हद ल्याउनुभएको हो । त्यसको माया छ । मलाई एमालेबाट हटाइसकेको छैन,’ उनले भने, ‘अहिले पनि म एमालेकै सदस्य हो । आउनुस् त भन्नुपर्छ । मसित पार्टी छैन । पार्टी जोसित छ उहाँहरूले भन्ने हो । उहाँहरूले भन्नुभयो भने म निसर्त जान तयार छु ।’

हेर्नुहाेस् भिडिओ :