बाजुरामा ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प

काठमाडौं । बाजुरामा ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको छ ।

आज सोमबार बिहान ७ बजेर ३८ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

बाजुराको बिछिया क्षेत्रमा केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

नेपालको पश्चिम भेगमा पछिल्लो समय पटकपटक भूकम्प गइरहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१