काठमाडौं । प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीश नियुक्तिको टुंगो असार १ गतेभित्र लगाउने भएको छ ।
आज बसेको समिति बैठकले असार १ गतेभित्र नियुक्ति टुंगो लगाउने गरी सुनुवाइ गर्ने निर्णय गरेको हो ।
तीनदिनभित्र सुनुवाइ टुंगाे लगाएपछि प्रधानन्यायाधीश नियुक्तिको बाटाे खुला हुनेछ ।
प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध जेठ १६ गते उजुरी आह्वान भएको थियो । १० दिनको समय उजुरीका लागि दिइएकोमा २९ उजुरी परेका छन् ।