
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई अस्पताल लगिएको छ ।
साेमबार दिउँसाे उनलाई नर्भिक अस्पतालकाे इमर्जेन्सीमा लगिएको अस्पताल स्रोतले जनाएको छ ।
सीतालाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) रोग देखिएको थियो । यो रोगका कारण मानिसको शारीरिक र मानसिक अवस्था असन्तुलित हुन्छ । मानिस हिँड्न, बोल्न र निल्न सक्तैन ।