
काठमाडौं । नायक पल शाहले प्रहरीसामु आफैँ उपस्थित हुने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले सो घोषणा गरेका हुन् ।
आफ्नो स्वास्थ्य अवस्था बिग्रिएको र घरको सबै व्यवहार मिलाउनु परेकाले प्रहरीसामु उपस्थित हुन नसकेको भन्दै उनले माफीसमेत मागेका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्-
नमस्कार सबैमा,
मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म “म यस्तो गित गाउछु २” गत शुक्रबार देखि नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनि म प्रहरी सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु । नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार ) नेपाल प्रहरी सामु म आफैँ उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु धन्यवाद ।