गौशाला २६ लाई सरकारी कोषबाट एकलाख रुपैयाँ दिनुपर्ने

काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेट सन्दीप लामिछानेविरुद्ध मुद्दा हाल्ने गौशाला २६ लाई अन्तरिम क्षतिपूर्ति दिलाउन आदेश दिएको छ । आज अदालतका न्यायधीस प्रकाशप्रसाद पण्डितको इजलासले सो आदेश दिएको हो ।

उपचार खर्चबापत १ लाख रुपैयाँ सरकारी कोषबाट दिलाउन आदेशमा भनिएको छ । गौशाला २६ ले भने करिब ३६ हजारको मात्रै बिल पेश गर्न सकेकी थिइन् ।

उनले मनोपरामर्शदातासँग प्रत्येक भिजिटको ३ हजारको दरले १० भिजिटको ३० हजार र औषधि उपचारको ६ हजार रुपैयाँ खर्च देखाएकी थिइन् ।