पशुपतिनाथ मन्दिरको जलहरी आज पुनर्स्थापना गरिदैँ

काठमाडौं । पशुपतिनाथ मन्दिरको जलहरी आज पुनर्स्थापना गरिने भएको छ ।

गत आइतबार अनुसन्धानको लागि निकालिएको जलहरी आज पुनर्स्थापना गर्न  लागिएको हो ।

जलहरी पुनर्स्थापना गर्दा पनि भक्तजनलाई दर्शनको व्यवस्था मिलाइएको पशुपति विकास कोषले जानकारी दिएको छ । यसअघि गत आइतबार जलहरी निकाल्ने क्रममा मन्दिर परिसरमा भक्तजनलाई रोक लगाइएको थियो ।

जलहरीमा सुनको मात्रा ठिक भए नभएको विषयको अन्तिम निष्कर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरिसकेको छैन ।