अभिनेता पल शाह पक्राउ

काठमाडाैं । अभिनेता पल शाह पक्राउ परेका छन् । उनले आइतबार आफैँ प्रहरीसमक्ष आत्मपमर्पण गरेका हुन् ।

जिल्ला प्रहरी तनहुँले शाह कार्यालयमा उपस्थित भएको पुष्टि गरेको छ ।

एक १७ वर्षीया गायिकाले चार दिनअघि तनहुँ प्रहरीमा बलात्कारकाे आराेपमा जाहेरी दिएपछि उनी फरार थिए । उनलाई पक्राउ गर्ने काठमाडौंमा प्रहरीका पाँच टोली खटाइए पनि फेला परेका थिएनन् ।

पललाई पक्राउ गर्न नसकेपछि प्रहरीले शनिबार ‘म यस्तो गीत गाउँछु-२’ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई बोलाएर सोधपुछ गरेको थियो । थापालाई सोधपुछपछि प्रहरीले शनिबार नै छाडेकाे थियाे ।

अभिनेता शाहले पक्राउ पर्नुअघि सामाजिक सञ्जालमार्फत आफू प्रहरीसमक्ष आत्मसमर्पण गर्ने बताएका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१