
काठमाडाैं । जबरजस्ती करणीको आरोप लागेका नायक पल शाहविरुद्ध प्रहरीले तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
तनहुँ जिल्ला अदालतले पललाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँकाअनुसार पलमाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई पहिलोपटक ७ दिनको समय दिएको छ ।