• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

हवाई भाडा समायोजन, विराटनगर नेपालगञ्जको हवाई भाडा ७५० रुपैयाँले घट्यो (सूचीसहित)

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले तेस्रो पटक हवाई भाडा समायोजन गरेको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्यसँगै हवाई इन्धनको मूल्य समेत घटाएपछि प्राधिकरणले हवाई भाडा (फ्यूल सर्चाज) समेत घटाएको हो ।

घटेको मूल्य अनुसार सबैभन्दा बढी काठमाडौँ–धनगढीको हवाई भाडा ६१५ रुपैयाँले घट्ने भएको छ । यसअघि काठमाडौँ–धनगढीको फ्यूल सर्चाज ६ हजार ६२५ रुपैयाँ रहेकोमा अहिले घटेर ६ हजार १० रुपैयाँमा झरेको छ ।

यस्तै सबैभन्दा कम छोटो दुरीमा रहेको काठमाडौँ–सिमराको फ्यूल सर्चाज १२५ रुपैयाँले घट्दै १ हजार २२५ रुपैयाँ कायम भएको छ । योसँगै हवाई भाडामा व्यापक कटौती भएको छ ।